काँग्रेसका परम्परागत गुट भत्किँदै

काठमाडौँ, २७ कार्तिक । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा परम्परागत गुटभित्रै खटपट सुरु भएको छ । सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिएका विमलेन्द्र निधिले केही महिनाअघि मात्र देउवाको साथ छोडेका थिए । संस्थापन इतर रामचन्द्र पौडेल समूहका प्रकाशमान सिंह पनि उक्त गुटबाट अघोषित रूपमा अलग भएका छन् । पौडेल समूहले सभापतिमा साझा उम्मेदवार घोषणा…