सुर्खेत, १८ कार्तिक । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्ने कार्यलाई पहिलो प्राथमिकता दिइने जानकारी दिएका छन् । उनले मन्त्रिपरिषद् विस्तारपछि बस्ने पहिलो बैठकमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका हुम्लालगायत यहाँका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्न पहल गरिने बताएका हुन् । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले गरेका…