काठमाडौँ, २६ असोज । नेपाली काँग्रेसले सत्ताको नेतृत्व लिएपछि काँग्रेसको १४ औं महाधिवेशन ओझेलमा परेको छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पार्टी कामभन्दा सरकार र सत्ता गठबन्धनका बैठकमा व्यस्त हुँदै गएपछि काँग्रेसको निर्धारित महाधिवेशन ओझेलमा परेको छ । देउवाले सत्ताको किचलो र मन्त्रिपरिषद् विस्तारमा समय लागेपछि पार्टीका काममा समय दिन सकेका छैनन् । कहिले दल…