पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्छु : अध्यक्ष ओली

काठमाडौँ, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने बताएका छन् । पार्टीको विधान महाधिवेशन आज अन्तिमदिन सम्बोधन गर्दै पार्टीका अगुवा र प्रिय साथीका रुपमा आफूमाथि देखाएको विश्वासमा एक इन्च पनि तलमाथि हुन नदिने बताए । उनले भने, ‘बहुमतमा पुर्‍याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर…