काठमाडौँ, ११ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को सिफारिसानुसार राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज गर्नुभएको हो ।