प्रतिनिधिसभाको बैठक भोलिलाई सारियो

काठमाडौँ, २१ जेठ । प्रतिनिधिसभाको बैठक आज पनि बस्न नसकेपछि भोलिलाई सारिएको छ । अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आज दिउँसो १ बजे बोलाइएको बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि आजै दिउँसो ३:१५ बजे बस्ने तय गरिएको थियो । तर, यस अवधिमा पनि सहमति नजुटेपछि बैठक भोलिसम्मलाई सारिएको हो ।