काठमाडौँ, २६ जेठ । आगामी असार १ देखि ४० मेगावाट बिजुली नेपालले निर्यात गर्नुपर्ने भए पनि बंगलादेशले जेठ मसान्तसम्म प्रतीतपत्र (एलसी) खुलाएको छैन । यसकारण ६ दिनपछि बिजुली निर्यात सुरु हुने–नहुनेमा अन्योल देखिएको छ । गत वर्षको नोभेम्बर १५ मा नेपालले निर्यात गरेको बिजुलीको बक्यौतासमेत बंगलादेशस्थित बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले अहिलेसम्म तिरेको छैन । यस वर्ष…