काठमाडौँ, २४ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विकसित, सुखद् र सम्पन्न व्यवस्था प्रणाली एवं सभ्यताको निर्माणको निम्ति उन्नत दृष्टिकोण तथा देशभक्तिको भाव हुनुपर्ने आवश्यकता उल्लेख गरेका छन् । बकर इदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “मानवता मानिसको मूल धर्म हो, यसको संरक्षण आवश्यक छ, धर्मको यो मूल मर्मको उपासना, आत्मसात र अंगिकार…