एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ, १९ जेठ । नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ ।  समसामयिक विषय र संसद्‌मा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न आज दिउँसो १ बजे एमालेले संसदीय दलको बैठक बोलाएको हो ।  लोत्से हल बानेश्वरमा बैठक बस्ने नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।