कुरा मिलाउन मुख्यमन्त्री पोखरेल काठमाडौँमा

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय राजधानी काठमाडौँ पुगेका छन् । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तारमा देखिएको गाँठो फुकाउन मुख्यमन्त्री पोखरेल बिनाविभागीयमन्त्री कुमार खड्कालाई साथमा लिएर शीर्ष नेताहरू भेट्न मंगलबार राति काठमाडौं पुगेका हुन् । मुख्यमन्त्री पोखरेल काठमाडौँ पुग्नुअघि नै कांग्रेसबाट…