काठमाडौँ, १ असार । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको आइतबारको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेको छ । महन्थ ठाकुर पक्षले भने आयोग निर्णयलाई स्वागत गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले आयोगको निर्णयविरुद्ध अदालत जाने तयारी भएको बताए । ‘आयोगको निर्णयविरुद्ध अदालत जाने तयारी हो । यसबारेमा मंगलबार बस्ने बैठकमा…