पोखरा, २२ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण पुष्टी भएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा मुख्यमन्त्री गुरूङको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ । उहाँको मंगलबार स्वाब दिएको थियो । उहाँलाई कोरोना पुष्टी भए लगत्तै गण्डकी प्रदेशका सभामुख र संसदीय दलका नेताहरु कन्ट्याक्ट टेसिङमा तानिनुभएको छ । प्रदेश…