पत्रकारलाई माओवादी नेता पुनको धम्की

रोल्पा, १३ जेठ । पूर्वमन्त्री तथा माओवादी नेता वर्षमान पुनले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका संस्थापक अध्यक्ष तथा कान्तिपुर दैनिकमा कार्यरत पत्रकार काशीराम डाँगीलाई धम्की दिएका छन् । पूर्वमन्त्री पुनले सामाजिक सञ्जालमार्फत् वरिष्ठ पत्रकार डाँगीको नामै उल्लेख गरेर लगाएको आक्षपप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्वअध्यक्ष तथा पूर्व पदाधिकारीहरूले आपत्ति जनाएका छन् ।…