नागरिकता प्राप्तिको गाठो अध्यादेशले यसरी फुकायो: ३५ हजारको सुनुवाई हुने

काठमाडौँ, १० जेठ । जन्मसिद्धका सन्तानले पनि अब वंशजको नागरिकता सहज रुपमा पाउने भएका छन् । सरकारले नागरिकता (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेपछि बालिग भएका जन्मसिद्धका सन्तानले सहज रुपमा वंशजको नागरिकता पाउने भएका हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति विद्या भण्डारीले आइतबार जारी गरेको अध्यादेशमा नेपालको संविधान जारी हुनुभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता लिएका व्यक्तिका सन्तानहरुले…