०८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन कायमै रहन्छ : योगेश भट्टराई

काठमाडौँ, ६ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन कायमै रहने दाबी गरेका छन् । आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएकाले ०८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन कायमै रहने बताए । कांग्रेस–एमाले ठूलो पार्टी भएकाले गठबन्धनमा कहिलेकाहीँ अनुकूलता र प्रतिकूलता हुने…