जिल्लामा छ दर्जन अपाङ्गमैत्री मतदान केन्द्र

धनकुटा, ११ असार । स्थानीय तहको चुनावमा अपाङ्गता भएकाहरुका लागि सहज मतदान गर्न जिल्लाका ६७ अपाङ्गमैत्री मतदान केन्द्र स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । धनकुटा जिल्लाका कुल १४३ वटा मतदान केन्द्रमा ६७ केन्द्र अपाङ्गमैत्री बनाइएको छ । जिल्लामा तोकिएका अधिकांश मतदानकेन्द्र विद्यालय र पुराना गाविसका भवनमा रहेका कारण कठिनाइ भएको जनाइएको छ ।…