काठमाडौँ, २ जेठ । काठमाडौँमा शुक्रबार ‘सगरमाथा संवाद २०२५’ सुरु हुँदै छ । तीन दिनसम्म चल्ने संवादमा १७५ जना विदेशी पाहुना सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । पहिलो संस्करणको यो संवाद ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित छ । सगरमाथा संवाद सचिवालयका सदस्य सचिव महेश्वर ढकालले मुख्यगरी पाँचवटा मुद्दा उठाउन लागिएको जानकारी दिए । उनका अनुसार…