स्थानीय तहको निर्वाचनमा पाल्पाका मतदाताले सक्षम उम्मेदवारलाई मात्र मतदान गर्ने

पाल्पा १३ वैशाख । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा पाल्पाका मतदाताले दलगत नभइ योग्य व्यक्तिलाई छनोट गरेर मतदान गर्ने बताएका छन् । दलगत रुपमा मतदान गर्दै आएका यहाँका मतदाता यस पटकको निर्वाचनमा योग्य उम्मेदवार छनोट गरी मतदान गर्ने तयारीमा जुटेका छन् । उनीहरु पार्टीगत स्वार्थमा नलागेर असल योग्य उम्मेदवारलाई मतदान गर्ने चुनावी माहोलमा जुटेका छन्…