गाउँको बीचमा कोइला कारखाना, स्थानीयलाई स्वास्थ्य समस्या

काठमाडौँ, २२ चैत । मेचीनगर–१० गोलबारीकी प्रमिला खड्काले दिनमा पाँच–सात पटकसम्म कुचोले घर बढार्नुपर्छ । तर, पनि छिनमै घर धुलाम्मे भइहाल्छ । भान्सादेखि बिछ्यौनासम्म पत्थर कोइलाको धूलोले ढपक्कै ढाक्छ । ‘अहिले बढाररे बसेको, फेरि उस्तै भयो,’ कोइलाको कालो धूलो हातले सोहोर्दै प्रमिलाले सुनाइन्, ‘प्रदूषण बढेको भनेर सरकारले स्कुल बिदा दिन्छ, हामी वर्षांैदेखि घरमै प्रदूषण भोगिरहेका…