एमालेसहित नौ दलले संशोधन प्रक्रियामा भाग नलिने घोषणा

काठमाडौं, १५ फागुन । नेकपा (एमाले)सहितका नौ विपक्षी दलले संविधान संशोधन विधेयकमा भाग नलिने भएका छन । साथै उनीहरुले संसदमा छलफलमा रहेको संशोधन विधेयक परिमार्जनका लागि संशोधन दर्ता नगराउने भएका छन् । विपक्षी दलले लगातार संशोधनको विरोध गर्दै आएका थिए । संशोधन दर्ताका लागि ७२ घन्टे समय दिइएको थियो । उक्त समम आइतबार सकिँदैछ ।