काठमाडौँ, १७ चैत । काठमाडौँ उपत्यकावासीले उपभोग गर्दै आएको पानीमध्ये मेलम्चीको पानीको हिस्सा ९० प्रतिशतसम्म पुग्ने भएको छ । शहरी जनसंख्या बढेसँगै उपत्यकामा खानेपानीको माग पनि चुलिएकोमा मेलम्चीको पानी आएपछि आपूर्ति सहज हुने देखिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले हाल सुन्दरीजल, डीप ट्युबवेल, विष्णुमती, शिवपुरी जस्ता आन्तरिक स्रोतबाट उपत्यकामा पानी आपूर्ति गर्दै आएको…