आतङ्कवादविरुद्धको कारबाही रोकिँदैन : प्रधानमन्त्री मोदी

काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले पाकिस्तानमाथि गरिएको आक्रमण आतङ्कवादविरुद्धको आक्रमण भएको स्पष्ट पार्नुभयो । सर्जिकल र एयर स्ट्राइकपछिको ‘अपरेसन सिन्दूर’ भारतको आतङ्कवादविरुद्धको नीति भएको उहाँले प्रस्ट पार्नुभयो । भारतले आतङ्कवादविरुद्ध एउटा सीमारेखा कोर्न सफल भएको दर्शाउँदै उहाँले आतङ्कवादीविरुद्ध कठोर कारबाहीमा उत्रने…