काठमाडौँ, १३ चैत । प्रमुख राजनीतिक दलभित्रको आन्तरिक खिचातानीले मुलुक गलत दिशातर्फ उन्मुख भएको एक अध्ययनले देखाएको छ । सेयर कास्ट इनिसिएटिभ नेपालले गरेको राष्ट्रिय मत सर्वेक्षणमा सहभागीमध्ये ४४ दशमलब तीन प्रतिशतले मुलुक गलत दिशातर्फ उन्मुख भइरहेको र यसको कारण राजनीतिक खिचातानी भएको बताएका छन् । सर्वेक्षणमा सातै प्रदेश, विभिन्न उमेर समूह र जातजातिसहित पाँच हजार…