सरकार र चुनावमा सहकार्य गर्न जसपालाई प्रचण्डको प्रस्ताव

काठमाडौँ, १ चैत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ । माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरूबीच शनिबार भएको वार्तामा माओवादी केन्द्रले यस्तो प्रस्ताव गरेको हो । जसपाका शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेतालाई भेट्न पेरिसडाँडा पुगेका थिए । भेटमा…