काठमाडौँ, २१ फागुन । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । आज राष्ट्रियसभामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै विप्लवले आफ्नो पार्टी सहमतिमा प्रतिबद्ध भएकाले आशंका नगर्न आग्रह गरेका छन् । उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा कुतर्क गर्न जरुरी छैन ।’…