काठमाडौँ, २१ फागुन । देशमा हिंसा विसर्जनको अवस्थामा छ। तीन वर्षअघि ४४ सशस्त्र समूह देखिएको थियो । गृह मन्त्रालयका अनुसार अब एउटा मात्रै समूह अस्तित्वमा छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सबै सशस्त्र समूह सकिन लागेको बताए । प्रवक्ता बुढाका अनुसार गोइत समूह मात्रै मूलधारमा आउन बाँकी छ । सरकारले ०७५ भदौ ८ गते राजनीतिक वार्ता…