काठमाडौँ, २१ पौष । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा गोपीकृष्ण न्यौपाने नियुक्त भएका छन् । लामो समयदेखि व्यापार, हाइड्रो, शिक्षा स्वास्थ्यमा योगदान पुर्याउदैँ आएका न्यौपानेलाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नियुक्त गरेको हो । मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिले न्यौपानेसहित कृष्णहरि बाँस्कोटा, रामेश्वर खनाल, र नारायण बिँडारीको नाम महाप्रबन्धका लागि सिफारिस गरेको…