प्रधानमन्त्री ओलीद्वारा सांसद लिङ्देनको स्वास्थ्य लाभको कामना

काठमाडौँ, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको छ । शुक्रबार बिहान लिङ्देनलाई फोन गरेर प्रधानमन्त्री ओलीले शीघ्र स्वास्थ्य लाभको शुभकामनासमेत दिनुभएको हो । फोनमा प्रधानमन्त्री ओलीले कुनै समस्याबारे आफूलाई खबर गर्न आग्रह गर्नुभएको छ । लिङ्देनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । बिहीबार निमोनिया भएको पुष्टि…