काठमाडौँ, २८ कार्तिक । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता ईश्वर पोखरेलले नोवेल कोरोना भाइरस नियन्त्रणमा स्थानीय सरकारहरूले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघद्वारा प्रकाशित ‘स्थानीय सरकारका तीन वर्ष’ पुस्तक शुक्रबार वेवीनारमार्फत सार्वजनिक गर्दै उपप्रधानमन्त्री पोखरेलले स्थानीय सरकारहरूको कामको प्रशंसा गरेका हुन् । उनले भने, ‘कोरोनाका बेला पालिकाहरूले खेलेको भूमिकाले नेपालमा…