काठमाडौँ, २४ वैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले गुटेरेस नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमापारि भएको भारतीय सैन्य कारबाहीप्रति चिन्तित रहेको बताएका छन् । भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भएको क्षेप्यास्त्र आक्रमणको बारेमा एक विज्ञप्ति जारी एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले भने, 'एन्टोनियो गुटेरेसले दुवै देशलाई अधिकतम सैन्य संयम अपनाउन अपील गरेका छन्…