काठमाडौँ उपत्यकामा थप ८१७ जनामा कोरोना पुष्टि

काठमाडौँ, १२  असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८१७ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ६४९, भक्तपुरमा ३६ र ललितपुरमा १३२ गरी ८१७ जनामा संक्रमण पुष्टि भएको हो ।