काठमाडौँ, २१ असोज । काठमाडौँ उपत्यकासहित देशका मुख्य सहरहरूमा ‘डेट एक्सपायर’ खाद्य सामग्रीलाई नयाँ मितिसहित पुनः लेभलिङ गरी बेच्न ठूलो गिरोह नै सक्रिय भएको पाइएको छ । प्रहरीले काठमाडौंमा मंगलबारसम्म त्यस्ता गिरोहबाट सञ्चालित चार ठूला गोदाममा छापा मारी बजारमा बेच्न लैजाने तयारी अवस्थामा राखिएका २०७ प्रकारका अखाद्य सामग्री सिल गरेको हो । ‘हेर्दा डिस्टिब्युटर्स र सञ्चालकहरू…