काठमाडौँ, २२ कार्तिक । ट्राफिक सचेतना अभिवृद्धिका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सांगीतिक डमी अभियान सुरु गरेको छ । गीतबाट सडक प्रयोगकर्तालाई ट्राफिक नियम सिकाउन शनिबारदेखि यो अभियान सञ्चालन गरिएको महाशाखाले जनाएको छ । प्रख्यात व्यक्ति तथा राष्ट्रिय कलाकारहरूको स्वरमा सन्देश सहितका अडियो क्लिप तयार पारिएको छ । दैनिक ६ घण्टा बानेश्वर, कोटेश्वर, रत्नपार्क, कंलकी…