काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष नरवणे, नेपाली सेनाद्वारा स्वागत

काठमाडौँ, १९ कार्तिक । भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणे तीनदिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा उनलाई नेपाली सेनाका रथी प्रभुराम शर्माले स्वागत गरेका छन् । पत्‍नीसहित चार सदस्यीय टोलीसहित नरवणे सेनाको विशेष विमानबाट नेपाल आएका हुन् । समकक्षी प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा उनी औपचारिक नेपाल भ्रमणमा आएका हुन्…