उद्योगपति विनोद चौधरीलाई कोरोना पुष्टि

काठमाडौँ, १२ भदौ । अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना पुष्टि भएको छ । चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन् । चौधरीले लेखेका छन्, ‘आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयोु, ‘मलाई कोरोना पोजेटिभ देखियो । तर मलाइ कुनै पनि लक्षण छैन ।’ चौधरीले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन…