काठमाडौँ, २१ वैशाख । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विश्वसनीय बजेट ल्याउने तयारी गरेको बताउनुभएको छ । स्रोत व्यवस्थापन र खर्च व्यवस्थापनका विषयमा अनुशासित हुनुपर्ने अवस्था मुलुकमा आएकाले अहिले सरकारसँग कोही पनि त्रासमा बस्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो । नेपाल व्यवस्थापन सङ्घले शनिबार राजधानीमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटपूर्व छलफलमा उहाँले निजी क्षेत्रको विश्वास र…