काठमाडौँ उपत्यकामा थप ६७४ जनामा कोरोना पुष्टि

काठमाडौँ, ५ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६७४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ गरी ६७४ जनामा संक्रमण पुष्टि भएको हो ।