काठमाडौँ उपत्यकामा १२७ जनामा कोरोना पुष्टि

काठमाडौँ, २९ साउन । काठमाडौँ उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँ जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो । नेपालमा बितेको २४ घण्टामा देशभर थप ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।