प्याब्सनको परिपत्र प्रति नेपाल टेलिकमको आपत्ति (विज्ञप्तीसहित)

काठमाडौँ, १९ साउन । नेपाल टेलिकमले कोभिड–१९ महामारीका कारण उब्जिएको विषम परिस्थितिमा ल्याएको ई–शिक्षा प्याकेज र यस सम्बन्धमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)ले जारी गरेको परिपत्र प्रति आपत्ति जनाएको छ । टेलिकमका प्रवक्ता राजेश जोशीद्वारा जारी विज्ञप्तीको पूर्णपाठः नेपाल टेलिकमले कोभिड–१९ महामारीका कारण उब्जिएको विषम परिस्थितिमा सहज र सुलभ रुपले शिक्षा आदान/प्रदान गर्नका…