रञ्जन कोइराला प्रकरण : सरकारको पुनरावलोकन सात न्यायाधीशले हेर्न नमिल्ने

काठमाडौँ, ११ साउन । शसस्त्र प्रहरीका तत्कालिन डीआईजी रञ्जन कोइरालाविरुद्ध नेपाल सरकारले शुक्रबार दर्ता गराएको पुनरावलोकन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहितका सर्वोच्च अदालतका सात न्यायाधीशले हेर्न मिल्दैन। आइतबार सुनुवाईको लागि पेशी तोकिने तयारी गरिएको सो पुनरावलोकन सर्वोच्चका बॉकी बाह्र न्यायाधीशले हेर्न मिल्छ। प्रधानन्यायाधीश सहित एक्काइस जना न्यायाधीश रहने सर्वोच्च अदालतमा दुई पद पहिल्यैदेखि खाली छन्।…