काठमाडौँ, ६ साउन । नेकपा अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीभित्रका पूर्वमाओवादी धारका नेताहरुलाई खुमलटार बोलाएर छलफल चलाएका छन् । अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षबाट जनताको बहुदलीय जनवाद (जबजको कुरा उठेपछि दाहालले आफूनिकट नेताको धारणा बुझेका हुन् । दाहालले शनिबारको सचिवालय बैठकलगत्तै राष्ट्रपति निवासमा आफूलाई बोलाएर महाधिवेशनपछि एकल अध्यक्षमा सहयोग…