नेपाल प्रहरीका १९ जना एसपीहरूलाई एसएसपीमा बढुवा (नामावलीसहति)

काठमाडौँ, १० वैशाख । गृहमन्त्रालयले नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक (एसपी)हरूको बढुवा गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम ९४० को प्रावधान अनुसार १९ जना एसपीहरुलाई एसएसपीमा बढुवा गरेको हो ।