काठमाडौँ, २९ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रतिव्यक्ति प्रतिदिन ३८ हजार रुपैयाँभन्दा बढी लाग्ने अनुमानित लागत तयार पारेको छ । मन्त्रालयले संक्रमित बिरामीको अवस्था र आवश्यकताका आधारमा प्रतिसंक्रमित प्रतिदिन ६ हजारदेखि ३८ हजारसम्म खर्च लाग्ने अनुमानसहितको योजना तयार पारेको हो । मन्त्रालयले तयार पारेको ‘कोभिड–१९ हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स…