भक्तपुर, २३ फागुन । भक्तपुर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ । पाँचदिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म आयोजना हुँदै थियो । तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।