राजनीति

प्रधानसेनापति थापाद्वारा रथी शर्मालाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौँ, २२ वैशाख । प्रधानसेनापति पूर्णचन्द्र थापाले रथीमा पदोन्नति भएका प्रभुराम शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

जंगी अड्डामा आइतबार आयोजित एक कार्यक्रममा प्रधानसेनापति थापाले शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

शर्मालाई वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले रथीमा बढुवा गरेको थियो । रथीमा पदोन्नति भएका शर्मालाई बलाध्यक्षको जिम्मेवारी दिइएको छ ।