काठमाडौँ, ६ जेठ । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार रामेश्वर बोहोरा नौ हजार ३२६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्रीराम थापाले सात हजार ७५७ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै उपप्रमुखमा एमालेकै भानु डोटेल नौ हजार ७४६ मतका साथ विजयी हुनुभयो…