४५ प्रतिशतले घट्यो विद्युत् उत्पादन

काठमाडौँ, २८ चैत । नदीनालामा पानीको मात्रा घट्न थालेपछि नेपालका जलविद्युत् गृहको उत्पादन करिब ४५ प्रतिशतले घटेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक सुक्खायाममा जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमतामा पानीको अभावले ह्रास आउने गर्छ । यसपटक पनि नदीहरूमा पानीको मात्रा निकै बढी घटिसकेकाले हरेक आयोजनाको औसत उत्पादन ४५ प्रतिशजतिले घटेको छ ।…