क्वारेन्टाइनमा रहेका नेपालीमाथि भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार

काठमाडौँ, २१ चैत । कञ्चनपुरसँग सीमा जोडिएको वनवसा नाकामा १ सय १५ जना नेपाली क्‍वारेन्टाइनमा छन् । भारतको वनवसामा रहेको आम बगैंचानजिकको शारदा इन्टर कलेजको एकै कोठामा ३० जनाका दरले उनीहरूलाई राखिएको छ । नेपाल सरकारले जारी गरेको क्‍वारेन्टाइन निर्दे्शिकामा हरेकको दूरी कम्तीमा डेढ मिटर तोकिएको छ । भारतका सीमावर्ती सहरमा बसेका नेपाली एकै कोठामा…