काठमाडौँ, १४ चैत । कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमणका कारण मुलुक पूरै लकडाउनमा पुगेको बेला विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना तथा भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिनेभएको छ । विद्यार्थी भर्ना गर्न बोलाउने विद्यालयलाई कारबाही गरी विद्यार्थीको भर्नासमेत खारेज गरिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्पष्ट गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता…