कतारको क्वारेन्टाइनमा २ हजार नेपाली

काठमाडौँ, ३ चैत । कतारले कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चार वटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् । कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो । उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन…